बुटवल । सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा सञ्चारीका समूह रुपन्देहीको संयोजनमा फिचर लेखन वृत्ति विकास तालिम सम्पन्न भएको छ ।महिला पत्रकारहरुको लेखन वृद्धि गर्ने उदेश्यले आइतबार भैरहवामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले नगरपालिकाले गरेको सकरात्मक र नकरात्मक दुबै पक्षमा समाचार लेख्नुपर्ने बताउनुभयो। उपप्रमुख उमा अधिकारीले पत्रकारहरुले समाचार मार्फत समाज सुधारको विषय उठाउन आग्रह गर्दै पालीका संचारकर्मीहरुसंग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो। । कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी नेपाल पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष नरेश केसी पत्रकार दिपक घिमरे सञ्चारीका समुह ,लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोल , सञ्चारीका समुह नेपाल ,रुपन्देहीका निवर्तमान अध्यक्ष निरा गौतम् निरु लगायतले बोल्नुभएको थियो। कार्यक्रम सञ्चारीका समुह नेपाल ,रुपन्देहीका अध्यक्ष मिना ढकालको अध्यक्षता ,उपाध्यक्ष मिना पाण्डे (अस्मिना) को स्वागत तथा महासचिब छांया पन्थको सञ्चालनमा सम्पन्न भएको थियो ।