Nepali News Portal

चाडपर्बलाई सामाजिक रुपमा मनाउनु पर्छ : बराल

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले चाडपर्वलाई कुनै धर्म विशेषमा जोडनु भन्दा पनि सामाजिक रुपमा मनाउन पर्नेमा जोड दिनु भएको छ ।
नेपाल दलित मुक्तिमोर्चा जिल्ला समन्वय समिती रुपन्देहीले आज बुटवलमा बिजया दशमी शुभ दिपावली छठ पर्ब नेपाल संबतको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले उत्पादन प्रणाली अनुसार आएका पर्व हरुलाई सोही अनुसार मनाउनु पर्नेमा जोड दिनु भयो ।
मोर्चाका जिल्ला धुर्ब लाम्गादे अध्यक्षता,सचिव छबि नेपालीको संचालनमा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)बैकल्पिक केन्द्रिय सदस्य खिम बिश्वकर्माले चाड पर्बहरुलाई संास्कृतिक रुपान्तरणको रुपमा लिन सकिने बताउनु भयो ।
नेकपा (माओवादी केन्द्र)बैकल्पिक केन्द्रिय सदस्य किस्मत बिकले गैर दलितले दलितको कुरा नउठाउदा सम्म दलित समुदायको उत्थान हुन नसक्ने बताउनु भयो ।
कार्यक्रममा पार्टीका जिल्ला सचिब सन्त कुमार यादव, मोर्चाका केन्द्रिय सदस्य गोविन्द ठटराई, मोर्चाको फ्याक्स इन्चार्ज दिपा बिक , प्रेस सेन्टर नेपालका प्रदेशका वरिष्ठ उपाध्यक्ष रुद्रहरि कुँवर, मोर्चाका इन्चार्ज पदम बिश्वकर्मा लगायतले शुभकामना व्यक्त गर्नुभयो।

You might also like
Leave A Reply

Your email address will not be published.