Nepali News Portal

मुख्यमन्त्रीमा उपनेता आचार्यले मारे बाजी

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका चेतनारायण आचार्य नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख अमिक शेरचनले सोमबार आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।  प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेले एक विज्ञप्ति जारी गर्दै प्रदेश सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का संसदीय दलका उपनेता आचार्यलाई नेपालको संबिधानको धारा १६८ को उपधारा (२) बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गरिएको जनाउनु भएको छ । आइतबार मुख्यमन्त्री जोखबहादुर महराले राजिनामा दिएपछि प्रदेश प्रमुख शेरचनले आचार्य मुख्यमन्त्री नियुक्त गर्नुभयो । बुधबार बिहान ८:३० बजे नबनियुक्त मुख्यमन्त्रीको सपथ ग्रहणको कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने सहमति भएपनी अन्तिममा उपनेता आचार्यले मुख्यमन्त्रीमा बाजी मार्नु भयो । नेता गिरी एमाले उपाध्यक्ष बिष्णु पौडेल समुहका हुनुहुन्छ भने संसदीय दलका उपनेता आचार्य महासचिव शंकर पोख्रेल समुहका हुनुहुन्छ । मुख्यमन्त्री बनाउने क्रममा शंकर गुटले पेलेर गएको भन्दै बिष्णु पौडेल गुट असन्तुष्ट भएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.