Nepali News Portal

बेलायती दूतावासको टाेलीले भेट्यो सभामुखलाई

दाङ (देउखुरी) । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरलाई नेपाल स्थित बेलायती दूतावासको टाेलीले भेटघाट गरेको छ । लुम्बिनी प्रदेश सभा माननीय सभामुख ज्युको कार्यकक्षमा आज भएको भेटमा बेलायती दूतावाससंगको सहकार्यमा लुम्बिनी प्रदेशमा गर्न सकिने कार्यक्रमको विषयमा छलफल भएको थियोे । नेपाल स्थित बेलायती दूतावासको प्रशासन तथा सेवा प्रमुख Dr. Andraew long को नेतृत्वमा आएको बेलायती दूतावासको टाेलीले लुम्बिनी प्रदेशमा प्रकृति संरक्षण, स्थानीय तहलाई भौतिक पुर्बाधार सहयोग , स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिबृद्धि , आर्थिक तथा बित्तीय क्षेत्रमा परामर्श सेवामा सहकार्य गर्न सकिने जानकारी दिनु हुँदै त्यस् विषयमा सभामुख संग परामर्श लिनुभएको थियो । लुम्बिनी प्रदेशका माननीय सभामुख तुलाराम घर्ती मगरले स्वास्थ्य र शिक्षामा तराईका जिल्लाहरुमा, प्रकृति संरक्षणमा पहाडी जिल्लाहरु र समग्र आर्थिक बिकासमा लुम्बिनी प्रदेशलाई केन्द्रित गरि कार्यक्रम तय गर्न सुझाव दिनु भयो । उहाँले चुरे श्रृङखला क्षेत्रमा बाताबरण जोगाउदै जनताको आधारभुत आवस्यकता आपूर्तिको लागी भौतिक संरचना निर्माण गर्न चुनौतीपूर्ण रहेको जानकारी गराउनु हुँदै यस क्षेत्रलाई प्राथमिकता दिन आवश्यक रहेको बताउनु भयो । लुम्बिनी प्रदेश सभाका सचिब दुर्लभ कुमार पुनले प्रदेशको कर्मचारीको क्षमता बिकास र सूचना प्रबिधिको क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताउनु भयो । भेटमा नेपाल स्थित बेलायती दूतावासको प्रशासन तथा सेवा प्रमुख Dr. Andraew long ले सुझाव अनुसार दूतावासले कार्यक्रम तय गर्ने बताउनु भएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.