Nepali News Portal

लायन्स क्लव अफ बुटवल सिद्धार्थमा प्याथ

बुटवल । लायन्स क्लव अफ बुटवल सिद्धार्थमा नयाँ नेतृत्प चयन भएको छ । वर्ष २०२४-२५ को लागि मोहन विक्रम प्याथ को अध्यक्षतामा क्लवमा नयाँ नेतृत्व चयन भएको हो । क्लवको नयाँ पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष राजु भारी, द्धितीय उपाध्यक्ष इन्दु भट्टराई, तृतीय उपाध्यक्ष दिनेशमणि सुवेदी रहनु भएको छ ।

यस्तै सचिव सुर्दशन खनाल, कोषाध्यक्ष रामजी ज्ञवाली, सह सचिव एकराज पौडेल (समिर), सहकोषाध्यक्ष तेजप्रसाद पौडेल (राजु), जनसम्पर्क अधिकृत सुन्दर श्रेष्ठ, संगठन विभाग प्रमुख पूणर्चन्द्र सुवेदी रहनुभएको छ । यसैगरी क्लवको निवर्तमान अध्यक्ष नारायण विक्रम कुँवर, संस्थापक अध्यक्ष श्रीकान्त सुवेदी, पूर्वअध्यक्षहरु भोजराज पोखरेल, ओम बहादुर थापा, निर्देशकहरुमा कृष्ण ज्ञवाली, रुद्रलाल भण्डारी, लोचन गौतम, बासुदेव सुवेदी, छबिलाल अर्याल रहनुभएको छ ।

क्लवको सचेकमा छविलाल भुसाल (शिव), टेमर नरेन्द्र लम्साल तथा सक्रिय सदस्यमा हरिप्रसाद वस्ती, डा. मनोज कुसवाह, रमेश गौतम, जनार्दन तिवारी, डोलराज गैरे, सेमबहादुर गुरुङ्ग, कविता गौतम, सुजित भारी, पुनम पुन, विष्णुप्रसाद पाण्डे रहनुभएको छ ।कार्यक्रमको पहिले सत्र नवराज कुवरको अध्यक्षता सुन्दर श्रेष्ठको संचालनमा र दोस्रो सत्र अध्यक्ष मोहन विक्रम प्याथ र सचिव सुर्दशन खनालको संचालनमा सम्पन्न भएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.