Nepali News Portal

बुटवलको डेल्टा कम्पेलेक्समा आगलागी

बुटवल । बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा आगलागी भएको छ । साँझ करिब साढे ७ बजे लागेको आगो अहिले पनि आगो निभाउने प्रयास भइरहेको छ ।

अहिले रुपन्देहीसहित छिमेकी जिल्ला नवलपरासी पश्चिमका १२ वटा दमकलले आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको आशंका छ ।

डेल्टा कम्प्लेसको चौथो तल्लाबाट लागेको आगो निभाउन बुटवल उपमहानगरपालिका, नेपाल प्रहरी र स्थानीय बासिनदा जुटेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताउनुभयो ।

डेल्टा भवनमा विद्यालयका तयारी पोसाक, खेलकुदका सामग्री र विभिन्न विद्यालयका पाठ्यपुस्तकलगायत किराना सबै प्रकारका सामान बिक्री हुँदै आइरहेको छ । आगलागी खेलकुदका सामग्री रहेको चौथो तलाबाट सुरु भएको सञ्चालक घनश्याम पाठकले बताउनुभयो ।

You might also like
Leave A Reply

Your email address will not be published.