Nepali News Portal

निःशुल्क नेत्र परिक्षण तथा शैक्षिक सामाग्री वितरण

बुटवल। तिलोत्तमा नगरपालिकास्थित विश्व शान्ति आधारभुत विद्यालयका बालबालिकाहरुको निःशुल्क नेत्र परिक्षण तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । तिलोत्तमा आईकेयर बुटवलको प्राविधिक, शाईन रेसुङा डेभलोपमेन्ट बैक लिमिटेडको सहयोग तथा तिलोत्तमा जेसीजको आयोजनामा वृहत कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सन्दिप अग्रहरीले सहयोग सामग्री हस्तान्तरण गर्दै सधै समाज रुपान्तरण हुने गरि काम गर्दै आएको बताए । तिलोत्तमा जेसीजबाट गरिने कार्यक्रमहरु समुदायमा प्रभाव पार्ने खालको हुने गरेको उनले बताए ।

कार्यक्रमका तिलोत्तमा नगरपालिका वडा नं ९ का वडाअध्यक्ष ध्रुव न्यौपानेले संस्थागत रुपमा वडाबासीलाई फाईदा मिल्ने गरि गरिएको कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिए । बास्तविक विपन्न र गरीबीका कारण दैनिक जिविकोपार्जन गर्न नसक्ने विद्यार्थीहरुलाई सहयोग गरेर उदाहरणीय कार्य भएको विद्यालयका प्रध्यानाध्यापक डोलराज पाण्डेले बताए ।

तिलोत्तमा जेसीजका संस्थापक अध्यक्ष सिनेटर विनोद ढकाल, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरि पाण्डे, तिलोत्तमा जेसीजका पुर्व अध्यक्ष विनोद सुवेदी, लोक प्रसाद भण्डारी, निवर्तमान अध्यक्ष प्रकाश गौतम, प्राविधीक देवराज जोसी, दृष्ट्री विशेषज्ञ सुजिता केसी, मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष कृष्ण भट्टराई, चिरन्जीवी बस्याल, महासचिव प्रकाश न्यौपानेले शुभकामना दिए ।

कार्यक्रमा २५० जना विद्यार्थीको आखा परिक्षण तथा शैक्षिक सामाग्री अन्तर्गत झोला कपी डटपेन लगायतका सामग्री वितरण गरिएको कार्यक्रम संयोजक भानु पोख्रेलले बताए ।

You might also like
Leave A Reply

Your email address will not be published.