बुटवल ।
आइएमई लाइफ इन्स्योरेन्स बुटवल शाखा कार्यालयले मृत्यु दावी भुक्तानी गरेको छ । केही महिना अगाडि मृत्यु भएकि बुटवल उपमहानगरपालिका नयाँगाउँ निवासी स्वर्गीय सुन्तली रायमाझी को परिवारलाई २ लाख ७५ हजार रुपैयाँ दावी भुक्तानी गरेको हो कम्पनीले उक्त रकम स्वर्गीय बीमितका श्रीमान धन बहादुर रायमाझीलाई प्रदान गरेको हो ।
आईएमई लाइफ इन्स्योरेन्स बुटवल शाखाका का क्षेत्रीय शाखा प्रवन्धक राजेन्द्र पन्थी , बुटवल शाखा प्रमुख नारायण गौतम, क्षेत्रीय संयोजक बिष्णु दवाडी सहितको सहभागितामा बीमितको घरमै पुगेर चेक हस्तान्तरण गरिएको हो ।
रायमाझीले करिब ३ वर्ष अगाडी मात्र आईएमई लाइफ इन्स्योरेन्समा बीमा गर्नुभएको थियो । दावी भुक्तानी रकम हस्तान्तरण गर्दै बुटवल शाखा प्रमुख नारायण गौतमले बिमाको महत्वमाथी प्रकाश पार्दै ,जीवन बिमा अनिवार्य रहेकोले सबैले जीवन बीमा गराउनु पर्ने बताउनु भएको थियो ।