बुटवल । बुटवलको कृषि सडकको नाममा परिचित बुटवल मैनाबगर हुँदै ध्रुबनगर -नहरपुर – बेथरी जोड्ने सडक सुधारको लागी स्थानीयले पहलकदमी लिएका छ्न । मैनाबगर – ध्रुबनगर- नहरपुर सडक खण्ड अहिले जिर्ण छ । खाल्डा खुल्टिले साना सवारी साधन आवतजावतमा निकै समस्या छ । यो यस क्षेत्रको पुरानो सडक भए पनि सरोकारवाला हरुको चासो नदिदा स्तरोन्नतिमा पछी परेको हो । सडकको दुरावस्थालाई सुधार गर्न ध्रुबनगर टाेल बिकास संस्थाले पहल कदमी लिएको हो । उक्त टाेल बिकास संस्थाका अध्यक्ष भरत अधिकारीले सडकको अवस्था सुधार गर्न खाल्डा खुल्टि पुर्न लागिएको र तिनाउ नदिले कटान गरेको स्थानमा १० बर्ष अघिको सडकको ट्याक कायम गर्न लगिएको जानकारी दिनु भयो । भगवती टाेल जोडीएको उक्त सडक १० बर्ष अघि तिनाउ नदि बगाएको थियो । त्यस स्थानका करिब ३५ घर बिस्थापित भएको स्थानीय बताउनुहुन्छ । “पुरानो स्थानबाट सडक जोड्ने गरि काम सुरु भएको छ ।” उहाँले भन्नुभयो- पुरानो सडक कायम गर्न स्थानीय पनि उत्साहित हुनुहुन्छ ।” ५२ फुटे यो सडक ४५० मिटर भन्दा बढी तिनाउ नदिले बगाएको थियो । २५० मिटर लम्बाई क्षेत्रमा फिलिङ गरेपछी पहिलेको सडकको रेखांकनमा आउने अध्यक्ष अधिकारीले बताउनु भयो । परिकल्पना गरिएको तिनाउ सिग्नेचर पुलको पश्चिम् तर्फको मुख्य सडकको रुपमा प्रयोगमा आउने यो सडकको ५२ फुट चौडाई कायम गर्न भने बुटवल उप-महानगरपालिकालाई धौधौ भएको छ । लालपुर्जा भएको सडक खण्डमा ५२ फुट कायम छ तर अव्यवस्थित बसोबास भएको क्षेत्र दुर्गानगरमा ३६ फुट मात्र रहेको छ । २ महिना अघि मात्र उक्त टाेल बिकास संस्थामा अधिकारीको नेतृत्वमा नयाँ कार्य समिती चयन भएको थियो । टाेलले नयाँ नेतृत्व पाए संगै भौतिक पुर्बाधार सडक सुधारको लागी चासोका साथ पहल भएको स्थानीय टाेलबासी बताउनुहुन्छ ।