Nepali News Portal

सात बुँदे घोषणा पत्र जारी गर्दै सकियो अन्तर- ब्यवस्थापिका भेला

पाल्पा । पाल्पाको तानसेनमा तीन दिन देखि जारी अन्तर ब्यवस्थापिका भेलाले ७ बुँदे घोषणा पत्र जारी गरेको छ ।

लुम्बिनी प्रदेश सभाको आयोजनामा पाल्पा जिल्लाको तानसेनमा बैशाख १३, १४ र १५ मा भएको छलफल तथा अन्तरक्रियाबाट नवौं अन्तर-व्यवस्थापिका भेला २०८१ ले ७ बुँदे घोषणा पत्र जारी गरेको छ ।

संघीय संसदले उत्तर बिधायिकी परिक्षण सम्बन्धमा प्रदेश सभाका समिती र सचिवालयका जनशक्तिलाई क्षमता अभिवृद्धिमा सहयोग र सहजीकरण गर्नेसम्बन्धमा संघीय संसद र प्रदेश सभाबिच आवश्यक सहकार्य गर्ने , आगामी भेला गण्डकी प्रदेश सभाले गर्ने लगायतको ७ बुदे घोषणा पत्र जारी गरेको हो ।

उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेको प्रमुख आतिथ्यता, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेको आतिथ्यतामा भएको कार्यक्रममा ६ वटा प्रदेशका सभामुख उप सभामुख महासचिब तथा सचिवहरुको उपस्थिति रहेको थियो ।

जसमा कोशी प्रदेश सभामुख अम्बर बहादुर विष्ट र उपसभामुख सृजना दनुवार, मधेश प्रदेश सभामुख रामचन्द्र मण्डल, बाग्मती प्रदेश सभामुख भुवन कुमार पाठक र उपसभामुख अपसरा चापागाईं, गण्डकी प्रदेश सभामुख कृष्ण प्रसाद धिताल र उपसभामुख विना कुमारी थापा, लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ती मगर र उपसभामुख मेनुका खांड केसी, सुदुरपश्चिम प्रदेश सभामुख भिम बहादुर भण्डारी र उपसभामुख कोइली देवी चौधरी रहेका थिए ।

उक्त भेलाले पारित गरेको घोषणा पत्र आज ऐतिहासिक पाल्पा दरबार संग्राहलयमा आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेशका सभामुखले सार्बजनिक गर्नु भएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.