बुटवल । बुटवलमा रहेको समृद्धी सलोन एण्ड एकेडेमीले आफ्ना प्रशिक्षार्थी विद्यार्थीहरुलाई बिदाइ तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ । औपचारिक कार्यक्रम आयोजना गरी विभिन्न विधामा तालिम लिएकाहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।
बुटवलकी पुराना शौन्दर्यकला व्यवसायी जेनि श्रेष्ठ, शैलुन व्यवसायी सफातुल्लाह रजालाई सम्म्मान र पत्रकार पुजा पन्थीलाई कदर पत्रले सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले तुलाराम घर्ती कुनैपनी पेशा व्यवासायलाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेशमा श्रम ऐन बानाउन बाँकी रहेको भन्दै श्रम ऐन निर्माण गरी जस्तोसुकै श्रमिकहरुको माघ सम्बोधन गरिने बताउृनुभयो । उहाँले ऐन निर्माण पछि श्रमिकहरुको सुरक्षा र श्रमको मुल्य पनि प्राप्त हुने बताउनुभयो । ।लुम्बिनी प्रदेश सभामुख घर्तीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै जेनि श्रेष्ठले ३२ बर्ष पहिले अहिलेको जस्तो सहज अवस्था नभएको बताउदै सिकेको सीप र प्रमाणपत्रको कदर गर्न आग्रह गर्नुभयो
यस्तै सम्मानित व्याक्ति सफा तुल्ला रजा ले बुटवलमा अहिलेको भन्दा २५ प्रतिशत मात्र बस्ती रहेको स्मरण गर्दै अहिले व्यवसायीकता बढ्दै गएकोबताउनुभयो।
समृद्धी सलोन एण्ड एकेडेमीका अध्यक्ष एवं सञ्चालक मोहन ठाकुरले विभिन्न प्रकृतिको शैलुन, श्रंगार, नेल, आर्ट, हेयर ड्रेस, हेयर कलर लगायत ७० जनालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।