Nepali News Portal

सिद्धबाबा मन्दिर क्षेत्रलाई धार्मिक पर्यकीय क्षेत्र बनाउन बृहत गुरुयोजना आवश्यक : सभामुख

बुटवल  । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सिद्धबाबा मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको बिकास गर्न गुरुयोजना आवश्यक रहेको बताउनु भएको छ । उहाँले तिनाउ नदिमा जलासय निर्माण गरी जलासयमा सम्ध्याकालिन आरतिको ब्यवस्था मिलाउन सकिने सम्भावना रहेको बताउनु भयो । ” यहाँ धार्मिक पर्यटक भित्र्याउन सकिने आधार तयार भएको छ । ” सिद्धबाबा मन्दिर बिकास समितीको आयोजनामा  आज गरिएको गुरुयोजना सम्बन्धी छलफलमा उहाँले भन्नू भयो – सिद्धबाबा धाम क्षेत्रको बिकासले पाल्पाको मात्र होइन । सिङ्गो प्रदेशकै बिकासमा टेवा पुर्याउने छ ।” उहाँले नजिकैको रामापिथेकस, तिनाउ डयाम झरना , तिनाउ नदि किनारमा टे्किङ रुट जोडेर बृहत गुरुयोजना बनाउन आवश्यक रहेको बताउनु भयो । समितीले मन्दिर परिसरमा शिशु स्तनपान कक्ष संचालन गरेको छ । त्यसै गरि कालीगण्डकीबाट ल्याइएको सालिग्राम दर्शनको लागि ब्यवस्था गरिएको समितीका अध्यक्ष सन्तोष लाल शेरचनले जानकारी दिनु भयो ।सन्तानेश्व धामका संरक्षक एव धर्म गुरु बेदाचार्य किशोर गौतमले कालीगण्डकीको सालिग्राम सिद्धबाबा मन्दिर प्राण प्रतिस्ठा गर्नु भयो । उहाँले चिल्ड्रेन पार्क , सिद्ध गुफामा जाने सिढि निर्माण , भक्तजन आश्रम स्थल आदि गुरुयोजना बनाएर काम गर्ने बताउनु भयो । तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले सिद्धबाबा पाल्पाको हरि गुरुद्वार नै रहेको बताउनु भयो । समितीका सदस्य एवं चौरासी पुजा कार्यक्रम संयोजक गोपाल बस्यालले समितिले नै खर्च गरि चौरासीपुजा महोत्सव गरिएको जानकारी दिनु भयो । आर्थिक अभावमा उमेर पुगेका कोहि पनि चौरासी पुजा गर्नबाट बन्चित हुन नपरोस् भनेर सामुहिक चौरासी पुजालाई निरन्तरता दिने योजना रहेको धामका प्रमुख पन्डित लक्ष्मी सापकोटाले जानकारी दिनु भयो । यसै बिच सिद्धबाबा धामको गुरुयोजना तयार गर्नको लागि सरोकार वाला संग छलफल गरिएको छ । भेटि दानबाट बार्शिक १ करोड भन्दा बढी आम्दानी हुने समितीले जनाएको छ । इन्जिनियर बिनोद खड्काले गुरुयोजना बनाएर काम गर्दा ब्यवस्थित हुने बताउनु भयो ।

You might also like
Leave A Reply

Your email address will not be published.