Nepali News Portal

लुम्बिनी प्रदेश सभाको बिषयगत समितीले सभापति पाउदै

राप्ती उपत्यका (देउखुरी) । लुम्बिनी प्रदेशसभाका बिषयगत सभापति चयनका लागि निर्वाचनको कार्यतालिका तय गरिएको छ । सत्ता गठबन्धन फेरिएर नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोख बहादुर महरा मुख्यमन्त्री लगत्तै समितीले सभापति पाउन लागेको हो । सोमबार प्रदेशसभाले एक सूचना जारी गर्दै वैशाख ५ गतेका लागि निर्वाचन मिति घोाषणा गरेको हो । बैशाख ४गते ५ बजे सम्मको लागि मनोनयनको समय राखिएको सचिब दुर्लभ कुमार पुनले सूचनामा उल्लेख गरेका छन ।  प्रदेशसभाका विभिन्न ७ वटा सभापतिको चयन गर्न लागिएको हो । लुम्बिनी प्रदेशमा १७ महिनादेखि संसदीय समितिका सभापति चयन गर्न सकिएको थिएन । दलहरूबिच भागबन्डा मिलेलगत्तै निर्वाचन मिति तोकेको हो ।  अनुसार सात वटा बिषयगत समिति मध्ये एमाले ३, नेपाली कांग्रेस २ , र नेकपा (माओवादी केन्द्र )ले २ सभापती पाउने गरि सहमतिमा भागबन्डा गरेका छ्न । ती दल आबद्ध संसदीय दलले सभापति पदको उम्मेदवारको समेत टुंगो लगाइसकेका छ्न । अर्थ उद्योग तथा पर्यटनमा एमालेका राजु श्रेष्ठ , सार्वजनिक लेखा समितीमा नेपाली कांग्रेसका माया पुन, सामाजिक विकास समितीमा माओवादी केन्द्रका यम बहादुर नेपाली, भौतिक पूर्वधार विकास समितीमा एमालेका राम जि घिमिरे, प्रदेश मामिला तथा कानुन समितीमा माओवादी केन्द्रका दिल कुमारी बुढा, कृषि वन तथा वातावरण समितिमा नेपाली कांग्रेसका बिश्वप्रेम पाठक, विशेषाधिकार समितिमा एमालेका गिरिधारीलाल नेउपानेको उम्मेदवारी रहने श्रोतको भनाइ छ । ती समितिको सभापति चयनको लागि सत्ता पक्ष र प्रतिपक्षबिच सहमति भएको हो ।   आजै सभामुख तुलाराम घर्तीले मगरले समितिका केही समितिका सदस्यहरूलाई हेरफेर गरेका छन् ।  पुर्ब मन्त्रीहरुलाई समेटेर समितिको सदस्यहरु हेरहेर गरिएको आजको बैठकमा सभामुखले जानकारी गराएका थिए ।

You might also like
Leave A Reply

Your email address will not be published.