Nepali News Portal

ट्रेड युनियन अटो इन्जिनियरिङ इकाई कमिटीको अधिवेसन

बुटवल । नेपाल अटो मेकानिक्स ट्रेड युनियन अटो इन्जिनियरिङ इकाई कमिटी उजिरसिंहनगरको तेस्रो अधिवेसन सम्पन्न भएको छ ।

नेपाल अटो मेकानिक्स ट्रेड युनियन केन्द्रिय परिषद प्रमुख जिवन अधिकारीले संस्थामा रहेर काम गर्दा पेशागत मर्यादा बढ्ने बताउनु भयो । उहाँले राज्यले अटो मेकानिक्स मजदुर बर्गको पेशागत सुरक्षा गर्न नसकेको जिकिर गर्नुभयो । नेपाल अटो मेकानिक्स ट्रेड युनियन अटो इन्जिनियरिङ इकाई कमिटी उजिरसिंहनगरका अध्यक्ष गोपाल कुवरले आफु पदमा नरहे पनी संस्थालाई सक्दो सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल अटो मेकानिक्स ट्रेड युनियन लुम्विनी प्रदेश उपाध्यक्ष लक्ष्मण भण्डारी ,केन्द्रिय सल्लाहकार मदन रावल , नेपाल अटो मेकानिक्स ट्रेड युनियन बुटवल नगर कमिटी अध्यक्ष गणेश प्रसाद भट्राई , सैनामैना नगर कमिटी श्रवण भट्ट , सिद्दार्थ नगर कमिटी अध्यक्ष गुमान सिंह सारु , तिलोत्तमा नगरकमिटी अध्यक्ष तुलसिराम न्यौपाने , लगाएतले बोल्नु भएको थियो ।

कार्यक्रमा नेपाल अटो मेकानिक्स ट्रेड युनियन अटो इन्जिनियरिङ इकाई कमिटी उजिरसिंहनगरका अध्यक्ष गोपाल कुवरले अध्यक्षको प्रतिवेदन , सचिब रण बहादुर विश्वकर्माले सचिवको प्रतिवेदन र कोषाध्यक्ष शिशुमाया पंगेनीले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा महिला अटो मेकानिक्स वृञ्जना गौढ , वरिष्ठ मेकानिक्स टंक गैरे , वेल्डर मेकानिक्स उषा चौधरी लाई सम्मान गरिएको छ ।

कार्यक्रम नेपाल अटो मेकानिक्स ट्रेड युनियन अटो इन्जिनियरिङ इकाई कमिटी उजिरसिंहनगरका अध्यक्ष गोपाल कुवरको अध्यक्षता, उपाध्यक्ष  कृष्ण प्रसाद न्यौपानेको स्वागत तथा सचिब रण बहादुर विश्वकमाको संचालनमा सम्पन्न भएको थियो । नेपाल अटो मेकानिक्स ट्रेड युनियन अटो इन्जिनियरिङ इकाई कमिटी उजिरसिंहनगरको तेस्रो अधिवेसनबाट रण बहादुर बिक  अध्यक्षयमा निर्बाचित हुनुभएको छ । जसको उपाध्यक्षमा शिव चन्द्र सिंह , सचिवमा पुर्णिमा खनाल , सहसचिवमा जमुना नेपाल , कोषाध्यक्ष सुमना पोखरेल निर्वानित हुनु भएको छ ।  त्यस्तै सदस्यमा सुर्यनारायण महतो , राधा पाण्डे , युवराज ढकाल ,दुर्गा बर्मा , गुड्डु गुप्ता , उमेश राजकोटी रहनु भएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.