Nepali News Portal

नमस्ते एकेडेमीमा खेल सप्ताह सुरु,साहित्यक महोत्सव हुने

बुटवल ।

रुपन्देहीको तिलोत्तमा रहेको नमस्ते एकेडेमीमा खेल सप्ताह सुरु भएको छ । द बिटिस कलेज काठमाडौँको व्यवस्थापनमा सञ्चालित मोफसलको एक मात्र क्याम्बिज इन्टरनेशनल स्कुल समेत रहेको नमस्तेमा बुधबार एक कार्यक्रमको आयोजना गरि खेल सप्ताहको सुभारम्भ भएको हो ।

सप्ताहव्यापी रुपमा संचालन हुने विविध खेलमा कक्षा प्लेग्रुपदेखि १२ कक्षासम्मका विद्यार्थीले आफ्नो  खेल क्षमता र खेल भावना प्रस्तुत गर्ने विद्यालयका प्राचार्य जिग्मे शेर्पाले जानकारी दिए । खेल सप्ताहमा लङजम्प, हाइजम्प, सटफुट, २०० मिटर र ४०० मिटर दौड, टग अफ वार, फुटसल, वास्केट लगायतका खेल हुने खेल संयोजक मोहम्मद अलीले बताए ।

अतिरिक्त क्रियाकलाप प्रमुख रोमा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा खेल संयोजक मोहम्मद अली, विद्यालयका व्यवस्थापक उमेश कंडेल, सहप्राचार्य लीलामणि पाण्डेय लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सरस्वती पुजाको अवसरलाई मध्यनजर गर्दै माघ २ गते साहित्यक महोत्सव राखिएको र सरस्वती पुजामा भर्ना हुने विद्यार्थीलाई निःशुल्क रुपमा भर्ना गरिने संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताए ।

You might also like
Leave A Reply

Your email address will not be published.