Nepali News Portal

प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

बुटवल । बुटवलमा  प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुनेभएको छ । न्यू लुम्बिनी ब्याडमिन्टन क्लब बुटवलको आयोजनामा प्रथम प्रदेशस्तरीय मेयर कप खुल्ला तथा भेट्रान्सब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।‘राष्ट्रको लागि खेलकूदस्वास्थ्यका लागि खेलकूद भन्ने मूल नाराका साथ क्लबको कभर्डहल बुटवल-७ शिवनगरमा पौष २० र २१ गतेदेखि प्रतियोगिता सुरु हुने आयोजकले जानकारी दिएका छन।

मेन्स डबल खुल्ला र भेट्रान्स गरी दुई ईभेन्टमा हुने प्रतियोगितामा करिब १५० टिमको सहभागीता रहने न्यू लुम्बिनी ब्याडमिन्टन क्लबका अध्यक्ष बोनिन पियाले जानकारी दिए ।

दुई दिनसम्म संचालन हुने प्रतियोगिताको विजेताले खुल्लातर्फ ५१ हजार १११ रुपैया नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले ३५ हजार १११ रुपैया नगद राशी प्राप्त गर्ने छ । यसैगरि अन्तिम ४ मा पुग्ने दुई समूहले ११ हजार १११ नगद राशी प्राप्त गर्ने आयोजकले जनाएको छ ।

भेट्रान्सतर्फ विजेताले ३१ हजार १११ नगद राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले २१ हजार १११ तथा अन्तिम ४ मा पुग्ने दुई समुहलाई १५ हजार १११ नगद राशी प्रदान गरिने आयोजकले जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.