बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज रुकुम पुर्ब आउने हुनु भएको छ । पार्टीको प्रशिक्षण तथा जन सभालाई सम्बोधन गर्न पुथाउत्तर गङगा गाउँपालिका १ मैकोटमा उहाँ आउन लाग्नु भएको हो । कार्यक्रमको तयारी पूरा भएको जिल्ला संयोजक कुमारी बरालले जानकारी दिनुभयो। कार्यक्रमको लागि केन्द्रिय नेताहरु, प्रदेशका नेता र जिल्ला तहका नेताहरु मैकोट पुगिसक्नु भएको छ । प्रशिक्षण कार्यक्रममा जिल्लाका अगुवा नेता कार्यकर्ता सहभागि हुने र स्थायी समिति र केन्द्रिय सदस्यहरुले प्रशिक्षण दिनुहुने विशेष अभियानको रुकुम पुर्ब जिल्ला इन्चार्ज एवं स्थायी समिति सदस्य कमला रोकाले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्ड ११:३० मा कार्यक्रममा पुगि सम्बोधन गर्ने कार्यक्रम तय भएको पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताउनु भयो । उहाँका अनुसार विशेष अभियान अन्तरगत १२ जिल्लामा प्रशिक्षण चलीरहेको छ । सम्भव भए सम्म ती जिल्लाहरुमा अध्यक्ष प्रचण्डलाई सम्बोधनको लागी बोलाउने प्रदेश पार्टीले पहल गरिरहेको छ । माओवादी केन्द्रको आधार इलाका समेत रहेको रुकम, रोल्पा जिल्लालाई अध्यक्ष प्रचण्डले प्राथमिकता दिई कार्यक्रममा सहभागी हुँदै आउनु भएको छ ।