Nepali News Portal

लुम्बिनी प्रदेशका अर्थमन्त्री मास्की सवार गाडी दुर्घटनामा

देउखुरी (दाङ) । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ । लु १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
तुलसीपुर उपमहानगरपालिकाको शितलपुरमा गाडी दुर्घटनामा परेको स्वकीय सचिव शम्भु रेग्मीले जानकारी दिए । उनका अनुसार अर्थमन्त्री मास्की कार्यक्रम सकेर मन्त्रालय फर्किंदै थिए ।

एक्कासि बच्चा सडकमा आएपछि बचाउने क्रममा गाडी सडकबाट झाडीमा पुगेर दुर्घटनामा परेको उनले बताए । उनका अनुसार मन्त्री मास्कीलाई सामान्य चोटपटक लागेको छ ।

गाडीमा ५ जना सवार रहेको बताइएको छ ।

 

You might also like
Leave A Reply

Your email address will not be published.