Nepali News Portal

एमालेले बुझायो बुटवलका मेयर पाण्डेयलाई २४ बुँदे ध्यानाकर्षण पत्र

बुटवल । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले विभिन्न २४ बुँदे सुझाबसहित बुटवल उपमहानगरलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बुटवलका बिकास योजनाहरुको कार्यान्वयन तथा जनजीविकासँग जोडिदएका विषयहरुमा एमालेले ध्यानाकर्षण पत्र बुझाएको बताएका छ ।
नगर प्रमुख खेलराज पाण्डेलाई भेटेर एमाले बुटवलका अध्यक्ष किशन ज्ञवालीको नेतृत्वमा गएको टोलीले मँगलबार ध्यानाकर्षण गराएको हो । बुटवलमा सुकुम्बासी समस्या समाधानका लागि अन्य पालिकामा भन्दा सुस्त गतीमा भएको, छाडा चौपाय व्यवस्थापनका लागि शिवनगर सामुदायिक वनमा रहेको नन्दनी गौशाला सञ्चालनमा राजनीतिक स्वार्थका कारण बन्द भएको, सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि यसअघि लागू गरिएका कार्यक्रमलाई स्वार्थ अनुरुप खारेज गरिएको लगायतका गुनासाहरुसहित ध्यानाकर्षण पत्र बुझाइएको एमाले बुटवलका अध्यक्ष ज्ञवालीले बताए ।
ध्यानाकर्षण पत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ज्ञवालीले वर्तमान नगर प्रमुख खेलराज पाण्डेयले आफूलाई सर्वैसर्वा ठानेर तानाशाह प्रवृत्ति देखाएको आरोप लगाए । नगरको सबैको सरोकारको विषयमा समेत कुनै समन्वय र सहकार्य नगरेको उनको भनाइ छ । कृषि योग्य जमिनलाई समेत भूउपयोग नीति विपरित गैरकृषि क्षेत्रमा परिणत गरिएको, आर्थिक संकटमा रहेका नीजि क्षेत्रलाई समेट्ने गरीअघि नबढेको लगायतका विषयमा एमालेले ध्यानाकर्षण गराएको बताए । यसैगरि बुटवलको ज्योतिनगर पहिरोको दिर्घकालिन समाधान, विगतमा निर्मार्ण सुरु भई अलपत्र विकास योजनाहरुलाई पूर्णता दिनु पर्ने, नगरमा भवन संहिता लागू गर्नु पर्ने, कर्मचारीबाट सेवा तथा कामकाजमा हुने ढिला सुस्तीको अन्त्य गर्नु पर्ने लगायतका विषयमा ध्यानाकर्षण गराइएको अध्यक्ष ज्ञवालीले बताए ।
घर नक्सा पास प्रणालीलाई डिजिटल हस्ताक्षर प्रणालीमा अगाडि बढाउनु पर्ने, विद्युतीय कर प्रणालीबाट कर तिर्ने प्रविधिलाई थप व्यवस्थित गर्नु पर्ने, शहरमा सडक वत्तिको व्यवस्था, तिनाउ नदीमा तटबन्द निर्माण लगायतका विषयमा एमालेले ध्यानाकर्षण गराएको छ । नेकपा एमालेले बिकासलाई साझा मुद्दाको रुपमा लिएर अघि बढेको भएपनि स्थानीय सरकारले त्यसलाई वास्ता नगर्ने र व्यक्तिगत इगो लिएर अघि बढ्नेगरेको अध्यक्ष ज्ञवालीले आरोप लगाए ।

 

You might also like
Leave A Reply

Your email address will not be published.