Nepali News Portal

चाड पर्व नजिकिदै गर्दा बजार अनुगमनलाई  तिब्रता

बुटवल । चाड पर्व नजिकिदै गर्दा बजार अनुगमनलाई  तिब्रता दिइएको छ ।  ब्यापारीबाट  कालो बजारी भएको , तोकिएको मुल्य भन्दा बढी मूल्य लिएको उपभोक्ताको गुनासो आएपछि बुटवल उप महानगर पालिकाले बुटवलको पसलहरुको अनुगमन गरेको हो । अनुगमनको क्रममा बजारमा ब्यापारीले एक किलो जिरामा ६ सय बढी नाफा लिने गरेको फेला परेको छ ।  बजार अनुगमनमा एक किलो जिरामा ६ सय बढी नाफा असुल्ने देखि पसल पिच्छे फरक मूल्यमा बेच्ने गरेको फेला परेको हो ।  आईतबार बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालको संयोजकत्वमा खाद्यान्य पसल अनुगमन गरिएको छ । बढी नाफाखोरी सहित फरक मूल्य र लेवल विनाका सामानहरु विक्रि गरिएको भेटिएको अनुगमन टोलीले जानकारी दिएको छ ।

अनुगमनका क्रममा थोक विक्रेताबाट भ्याट सहित ७१२ रुपैयां प्रतिकेजी खरिद भएको जिरा खुद्रा व्यापारीले प्रतिकेजी १ हजार ३ सय रुपैयां सम्म विक्रि गर्ने गरेको भेटिएको थियो ।

पवन किराना पसलले जिराको थोक विक्रि गर्दा प्रतिकेजी ७१२ रुपैयां परेपनि खाद्यान्य पसलमा प्रतिकेजी १ हजार २ सय देखि १ हजार ३ सय रुपैयांमा विक्रि हुने गरेको भेटिएको अनुगमन टोलीकी संयोजक नगर उपप्रमुख अर्यालले बताइन् ।

अनुगमन टोलीले बढि मुल्य विक्रि गर्नेलाई कारवाही नगरि मुल्य समायोजन गरेर विक्रि गर्न आग्रह गरेर हिँडेको थियो ।

त्यस्तै बजारमा चिनीको मुल्यमा पनि एकरुपता नभएको भेटिएको छ । खाद्यान्य पसल अनुसार प्रतिकेजी चिनीको मुल्य ११० देखि १२० रुपैयां सम्म पर्ने गरेको अनुगमनमा भेटिएको थियो ।

त्यस्तै दैनिक उपभोग्य बस्तुको मुल्यमा एकरुपता समेत नदेखिएको अउपप्रमुख अर्यालले बताईन ।

You might also like
Leave A Reply

Your email address will not be published.