Nepali News Portal

जनताको मन जित्नेगरि काम गर्न जनप्रतिनिधिहरुलाइ नेताको निर्देशन

बुटवल । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र )का स्थायी समिति सदस्य तथा अभियानका रुपन्देही जिल्ला इन्चार्ज गणेशमान पुनले जनताको मन जित्नेगरि काम गर्न जनप्रतिनिधिहरुलाइ निर्देशन दिएका छन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) रुपन्देहीले जनप्रतिनिधि र माओवादी केन्द्र अगुवा संग गरेको कार्यशालामा नेता पुनले स्थानीय तहले शिक्षा , स्वास्थ , कृषि,रोजगारी , विपद ब्यवस्थापन ,सास्कृतिक, सहज सेवा प्रवाह, सुशासन र विभेद अन्त्यमा केन्द्रीत हुनु पर्ने बताए । उनले पार्टी संग समन्वय गरि स्थानीय सरकार बनाएर काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिए । जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत आज सनिवार  बुटवल भएको कार्यशालामा सेवा प्रबाह, स्थानीय मुद्धा , स्थानीय संस्कृती उठाउनु पर्नेमा जोड दिए । कार्याशालामा पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले उत्पादनमा आधारित कार्य योजना बनाएर लागू गर्न निर्देशन दिए । जिल्ला अध्यक्ष नारायण जिसि निर्मलले जनताको मन मनमा बस्ने गरि काम गर्न निर्देशन दिए । कार्यशालामा जनप्रतिनिधिहरुले केही अनुकरणीय काम गरेको रिपोर्ट पेश गरेका थिए  ।ओम सतियाका गाउँपालिका ६ का अध्यक्ष शिव कुमार धवलले सम्सेर स्मृति आधारभुत बिधालयलाई नमुना बिधालय बनाउने, मझौललि चोकलाई स्मार्त चोक बनाउने, वडाको रंगशालालाई स्तरोन्नति गर्ने र पोखरा ताललाई सौन्दर्यकर ण गरि पर्यटकिय बनाउने पार्टी समक्ष योजना सुनाए । त्यसै गरि ओमसतियामा होम स्टे र दलित समुदायको लागि आय आर्जनकोलागी टेन्ट हाउस हस्तान्तरण गरिएको बताए। त्यसै गरि कन्चन गाउँ पालिका सदस्य कुमारी घर्तीले उपाध्यक्ष मौसमी थापाको पहलमा महिला उद्धमशिला कार्यक्रम गर्न लागिएको बताइन। नयाँ नमुना कामको लागि नयाँ योजना ल्याउदा अन्य पार्टी समर्थित जनप्रतिनिधिले साथ नदिएको तितो गुनासो पनि  उनिहरुसंग छ । बुटवल उपमहानगर वडा न ३ का अध्यक्ष बिष्णु ढकालले जनतलाइ दिईने सुबिधामा सहजता लिने गरि काम सुरु गरेको बताए । उनले भने- फोटाेकपि लगायतको धेरै सुबिधा निशुल्क गरेका छौं । सैनामैना नगरपालिका १ का अध्यक्ष भुवन क्षेत्री जिल्ला समन्वय समितीका सदस्य मन्जु परिवार देबदह लगायतका जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । ती जनप्रतिनिधिहरुले आफ्नो पालिकामा बिकास निर्माण तथा नयाँ योजना ल्याउदा अन्य जनप्रतिनिधिले सहयोग नगरेको समेत गुनासो सुनाए ।

You might also like
Leave A Reply

Your email address will not be published.