Nepali News Portal

युवाकवि पौडेललाई छन्दसाधना युवा प्रतिभा राष्ट्रिय पुरस्कार

बुटवल  । युवाकबि कविराज पौडेललाई छन्दसाधना युवा प्रतिभा राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । रूपन्देहीकाे सियारी गाउँपालिकास्थित लक्ष्मणगञ्जमा अवस्थित दुर्गा शैक्षिक गृहमा प्राचार्यकाे जिम्मेवारी समालिरहेका र यज्ञाेदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा आंशिक प्राध्यापकका रूपमा कार्यरत कबि पौडेल माेफसलमा रही रूपन्देहीलाई कार्यक्षेत्र बनाएका नेपाली छन्दाेबद्ध कविताकाे रिनेसाका एक महत्त्वपूर्ण पात्र छन्दाेबद्ध कविताकाे श्रीवृद्धि र अभिवृद्धिमा अहाेरात्र अविश्रान्त लाग्दै आएका छ्न।

पौडेल वि.सं. २०४० भदौ १२ गते रापाकोट, स्याङ्जामा जन्मिएर मूलतः २०६० को दशकबाट सिर्जना यात्रामा सक्रिय र रूपन्देहीमा ‘छन्दवादी समाज नेपाल’जस्तो संस्था नै स्थापना गरेर झन्डै दुई दशकदेखि छन्दकविताको साधनामा समर्पित रही ‘चित्रविचित्र’ (२०६२), घाइते राष्ट्र (२०७०) जस्ता छन्दोबद्ध कवितासङ्ग्रह र रूपसी (२०६३), कैदी (२०६५) र छायाछवि (२०६९) जस्ता छन्दोवद्ध खण्डकाव्यका साथै सयौँ फुटकर कविताका माध्यमबाट सशक्त सिर्जना क्षमता, युगीन यथार्थमूलक वैचारिक सम्प्रेषण, जीवन्त वाचन कला, छन्दसम्बद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्गठन निर्माण, पिङ्गल छन्द र अङ्ग्रेजी छन्दविधानसम्बन्धी प्राज्ञिक अनुसन्धान र विभिन्न प्रशिक्षणका माध्यमबाट नयाँ पुस्तालाई छन्दकविताप्रति आकर्षण प्रदान गर्ने कार्यमा अतुलनीय योगदान दिएबापत युवाकवि कविराज पौडेललाई छन्दसाधना युवा प्रतिभा राष्ट्रिय पुरस्कार प्रदान गरिएको हो ।

कवि पाैडेल अङ्ग्रेजी साहित्य र नेपाली साहित्यका विशिष्ट विद्वानका रूपमा परिचित छन् ।यिनले नेपाली र अङ्ग्रेजी भाषामा समान रूपले कलम चलाउँदै आएका छन्। कवि पाैडेलका पछिल्ला कविता कवितामा छन्दका हिसाबले लेखनाथीय परिष्कार र भावका हिसाबले घिमेरेकाे प्रभाव देखिएता पनि यिनका कवितामा प्रगतिशीलताकाे काेलाज पाइन्छ।

पौडेलले पूर्वीय जगत्को पिङ्गल छन्द र पाश्चात्य जगत्को छन्दविधानका समानता र भिन्नताहरूको गहन अध्ययन र अनुसन्धान गरी आधिकारिक रूपमा सामग्रीहरूको प्रकाशन र प्रसारण गर्ने कार्यमा समेत आफूलाई समर्पित गर्दै आएका छन ।

उक्त राष्ट्रिय पुरस्कार एक विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने  छन्द-तरङ्गबाट प्रेषित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.