Nepali News Portal

महिलालाई संबैधानिक अधिकार मात्र होइन सामाजिक अधिकार पनि दिउँ: सभामुख

राप्ती गाउँपालिका द्वारा तीज गीत प्रतियोगिता सम्पन्न,देउखुरी टुडे डटकमकाे समुह प्रथम

देउखुरी (दाङ) । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले अहिलेको संविधानले महिलालाई प्रयाप्त अधिकार दिएपनि  सामाजिक बरिबेशले अझै साघुरो घेरामा राख्न बाध्य पारेको बताएका छ्न । उनले हरेक क्षेत्रमा महिला उपस्थितिको संबैधानिक ब्यवस्था रहेको बताए । राप्ती गाउँपालिकाले मंगलबार देउखुरीमा आयोजना गरेको तिजमिलन कार्यक्रमलाई सम्बोधन गर्दै  सभामुख घर्ती मगरले भने -” महिलालाई संबैधानिक अधिकार छ सामाजिक परिबेशले अधिकार खुम्च्याउन खोजेको हो त्यसलाई महिलाहरुले तोडनु पर्छ ।” राजनीतिक दलले  महिलालाई  राजनीतिमा आउने अवसर दिनु पर्ने सभामुख घर्तीले बताए । उनले  भने-  ” संविधानले ब्यवस्था गरे भन्दा बढी नेतृत्वमा महिलालाई लैजाने बाताबरण बनाउनु पर्छ । अवसर पाए महिलाले सहि नेतृत्व गर्न सक्नु हुन्छ ।” उनले चेतनाको बिकास निकै महत्त्वपूर्ण कुरा भएको बताउदै चेतनाको बिकास क्रमिक रुपमा हुने बताए ।   उनले तीज पर्वलाई आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा मनाउनु पर्ने बताए ।

पछिल्लो समयमा तीज पर्वलाई भड्किलो तरिकाले मनाउन थालिएको प्रति चिन्ता व्यक्त गर्दै सभामुख घर्तीले आफ्नो माैलिक सांस्कृतिलाई बचाउनु पर्ने कुरामा जाेड दिए ।

त्यस्तै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले तीज पर्वले माइती र चेलीकाे सम्बन्ध अझ प्रगाढ बनाउन सहयोग गर्ने बताए ।

अध्यक्ष विष्टले तीज पर्व हुने खानेकाे मात्रै नभई हुदा खानेकाे लागि पनि हुनु पर्ने बताए।”अरुको देखासिकी नगरी आफू सँग जे छ त्यसैमा रमाउनु पर्छ।” -अध्यक्ष विष्टले भने ।

राप्ती गाउँपालिका दाङकाे आयोजना मंगलबार सम्पन्न तीज गीत प्रतियोगिता कार्यक्रममा देउखुरी टुडे डटकम राप्ती गाउँपालिका-४ माैरीघाटकाे समुह प्रथम भएको छ।

लैंगिक हिंसा विरुद्धको विषयमा आयाेजित प्रतियोगितामा काेपिला पञ्चेबाजा महिला समूह राप्ती -३ मसुरिया द्वितीय ,ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती -२ लालमटियाकाे समूह तृतीय र स्मार्ट कृषि महिला समुह राप्ती -५ सिङ्गे सान्त्वना भएका छन्।

गाउँपालिकाको कार्यालय मसुरियामा आयोजित प्रतियोगितामा १० वटा महिला समूहले भाग लिएका थिए ।

प्रतियोगितामा प्रथम,द्वितीय ,तृतीय र सान्त्वना हुने महिला समूहलाई क्रमशः १०हजार, ७ हजार ५ सय, ५ हजार र ३ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगिता राप्ती गाउँपालिकाकी कार्यपालिका सदस्य चम्फा भुसालको अध्यक्षतामा भएको कार्यक्रममा न्याय परिषदका सदस्य पदम वैदिक ,पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,जग्गा एकीकरण आयाेजनाका अध्यक्ष श्यामेश चाैधरी,पालिकाका प्रवक्ता तथा २ नं.वडा अध्यक्ष पहलवान चाैधरी लगायत अन्य जनप्रतिनिधि,महिला समूहका सदस्य ,कर्मचारी ,संचारकर्मीहरुकाे सहभागीता रहेको थियोे ।

पालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख जीवन कुमारी जिसीकाे स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन कृषि विकास शाखा प्रमुख सीमा भट्टले गर्नु गरेकी थिइन ।  https://youtu.be/2F1oiL56lgs?si=tJS25aTbQ94_KpEK

You might also like
Leave A Reply

Your email address will not be published.