Nepali News Portal

चालु अधिबेशन अन्त्य गर्ने प्रदेश प्रमुखलाई सिफारिस

देउखुरी , २६ भदौ । लुम्बिनी प्रदेश सभाको चालु अधिबेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सरकारले सिफारिस गरेको छ । मंगलवार राती १२ बजेदेखि अन्त्य हुने गरि मन्त्रीपरिषदको बैठकले प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
मंगलवार बसेको मन्त्रीपरिषद बैठकले लोक सेवा कार्यालयका लागि भवन उपलब्ध गराउने, वाढी प्रभावित क्षेत्र बर्दीयाका स्थानमा राहात उपलब्ध गराउने, गाडी दुर्घटनामा परेका र बाघको आक्रमणमा ज्याज गुमाएकालाई राहत उपलब्ध गराउने निणर्य गरेको सरकारका प्रवक्ता तथा गृह मन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी दिए ।
त्यसै गरेर प्रदेश सरकारका संगठन संरचना र अस्थायी दरबन्दी स्वीकृत गरिएको बताइएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.