Nepali News Portal

क्रिमसन अस्पतालमा सामाजिक सुरक्षा कोषमा आबद्धको उपचारमा ८० प्रतिशत छुट

बुटवल  । क्रिमसन अस्पतालमा सामाजिक सुरक्षा कोषमा आबद्ध कर्मचारी तथा श्रमिकको उपचार सेवा शुरु गरिएकोे छ । यही भदौ दोस्रो साताबाट सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताको उपचार शुरु गरिएको अस्पतालका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले जानकारी दिए । सम्झौता अनुसार अब परिचय पत्र (कार्ड) देखाएर सेवाग्राहीले क्रिमसन अस्पतालबाट ८० प्रतिशत छुट सहितको उपचार सेवा लिन सक्नेछन । योगदानकर्ताले अब क्रिमसनमा उपचार गर्दा भएको कुल खर्चको २० प्रतिशत मात्रै रकम बुझाए पुग्नेछ । जिफण्ट रुपन्देहीका अध्यक्ष तिलोत्तमा ७ भलवारी निवासी केशवराज उपाध्यायले क्रिमसन अस्पतालमा गई पहिलो सेवाग्राहिको रुपमा संझौता अनुसारको सामाजिक सुरक्षा कोषमा आबद्ध कर्मचारीले पाउने सेवा लिएकोे अस्पतालका प्रमुख प्रशासकीय अधिकृत मनमोहन भट्टराईले जानकारी दिए । अनलाइन सेवा सञ्चालन भई सामाजिक सुरक्षाकोषसँग संझौता गरेका क्रिमसन लगायतका अस्पतालबाट अब सहजै योगदानमा आधारित सामाजिक सुरक्षाकोषले दिने भनिएको स्वास्थ्य सुबिधा लिन पाइनेछ । यसैगरि कोषले उपलब्ध गराएका औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गतका स्वास्थ्य सुविधा लिँदा योगदानकर्ताले पछि दाबी गर्नुपर्ने झन्झटबाट मुक्त हुनेछन् । सामाजिक सुरक्षा योजना संचालन कार्यविधि २०७५ बमोजिम नियमित योगदान गर्ने योगदानकर्ताले अब सरल र सहज ढंगबाट आफ्नै गाउँठाउको क्रिमसन अस्पतालबाट सरल स्वास्थ्य सुविधा पाउने गरि संझौता गरिएको अस्पतालका निर्देशक शेखर पोख्रेलको भनाई छ ।

You might also like
Leave A Reply

Your email address will not be published.