बुटवल । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष ओलीले लुम्बिनीजस्तो ऐतिहासिक स्थानबाटपार्टी एकताको सन्देश दिन कार्यकर्तालाई निर्देशन दिएका छ्न ।
“राजनीतिक जागरणका हिसाबले ऐतिहासिक क्षेत्र एमालेको बलियो किल्ला पनि हो , सिंगो कम्युनिष्ट पार्टीको उद्गमस्थलबाट एमालेले एकताको सन्देश दिनुपर्छ । ” एमाले प्रदेश अधिवेशन उद्घाटन समारोहलाई शनिवार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने -” लुम्बिनी प्रदेशको नेतृत्व आपसी सहमतिबाट टुङ्ग्याउनुस । हामी विरोधीसँग लड्नुपर्ने छ, पार्टीभित्र एकता गर्न नेताहरू प्रतिबद्ध हुनुहुन्छ, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका भनाइ सुनेको छु,’ उनले भने ‘१९ जना पदाधिकारीमा लुम्बिनीबाट ७ जना हुनुहुन्छ यस्तो ठाउँमा किन विवाद आउनुपर्यो ?’
अध्यक्ष ओलीले कोही कसैले नेताका नाममा कुरा नगर्न निर्देशन दिँदै कसैको आर्शीवाद भएर हुँदैन आफ्नो क्षमताले नेतृत्व गर्नुपर्ने बताए ।
उनले भने- तपाईँहरू बस्नुस् कुरा टुंगाउनुस, सबै सहमतिमा बाहिर आउनुपर्छ । यति धेरै नेताहरू भएको अवस्थामा विवाद बाहिर आएको सुन्नु नपरोस् । यो पार्टीको क्लियर कुरा हो । तपाईँहरूले आज बसेर सहमति गर्नुस् म भोलि घोषणा गर्छु । “
नेकपा एमाले सुशासन र समृद्धिको लागि नेतृत्व गर्ने र जनताका लागि काम गर्ने सरकार चलाउन चाहने पार्टी भएको बताउदै अध्यक्ष ओलिले वामपन्थी खोल ओढेकाहरू दक्षिणपन्थीसँग गठजोड गरेर जनताको सरकार ढालेको आरोप लगाए । अध्यक्ष ओलीले एमाले सरकारबाटहटेपछि विकासका सबै काम रोकिएको दाबी गरे । सरकार र प्रधानमन्त्रीको आलोचना गर्दै उनले भने -एमाले र एमालेका नेताहरू जोडिएका विषय कुनै चर्चाका लागि ल्याइएको छ खुलारुपमा सबैभन्दा पहिले ती पहिले छानबिन गर्न चुनौती दिएका छौँ तर उनीहरू त्यो छानबिन गर्दैनन् र हल्ला गर्दैनन् कारण यसमा एमालेको दोष नभेटिने भएपछि डराएका हुन।”
एमाले सानासाना विषयमा अल्झने पार्टी नभएको बताउदै उनले एमाले कसैले चाहेर भत्कने पार्टी नभएको बताए । प्रचण्डलाई अब सरकार टिक्दैन भन्ने लागिसकेकोले एमाले विरुद्ध अनर्गल बोल्न थालेको उनको आरोप छ । ” प्रचण्डले जनता सरकारमा उतार्ने रे ? के का लागि ? सरकार सडकमा उत्रने एमालेको विरुद्ध जाने रे ? अवस्था यस्तो छ । तर यो हाम्रो लागि अवसर हो । गठबन्धनसँग कुनै काम गर्ने भिजन छैन, कि गर्दैनन् ।” ओलिले कार्य कर्तालाई आस्वस्त पार्न खोजेका छन । यता ओलिले सहमतिमा जान निर्देशन दिए पनि नेतृत्वको लागि भने दाउपेच जारी राखेका छ्न।