Nepali News Portal

सहिद स्मृति प्रतिष्ठान पाल्पाको भवन उदघाटन

पाल्पा। सहिद स्मृति प्रतिष्ठान नेपाल पाल्पाको नव नवनिर्मित भवनको सनिवार एक कार्यक्रम बिच उद्घाटन गरिएको छ ।

पाल्पा तानसेन नगरपालिका – २ तीन धारामा निर्माण गरिएको भवनको पुर्ब अर्थमन्त्री एव माओबादी केन्द्रका स्थायी समिति सदस्य कृष्णध्वज खडका र लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संयुक्त उदघाटन गरे ।

सभामुख घर्ती मगरको पहलमा लुम्बिनी प्रदेश सरकारको ससर्त अनुदानको २९ लाख ५६ हजार लागतमा भवन निर्माण गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका कोषाध्यक्ष तथा तानसेन नगरपालिकाको उप मेयर प्रतीक्षा सिङजालीको अध्यक्षतामा भएको कार्यक्रममा सभामुख घर्ती मगरले निकै ठुलो मेहनतले निर्माण गरिएको भवनको बहुउपयोगिता हुने बताए । उनले प्रतिष्ठानलाई संस्थागत बिकास गर्न भौतिक संरचना आवश्यक हुने बताउदै परिवर्तनको लागि बलिदान दिने सहिदको पनि सम्मान हुन पुगेको  बताए  ।

कार्यक्रममा पुर्ब अर्थ मन्त्री  एवं माओवादी केन्द्रका स्थायी समिती सदस्य खड्काले महान जनयुद्धमा  सहिदले दिएको बलिदानबाट  नै राजनीति परिवर्तन आएको बताउदै  सहिदहरुले देखेको  सपना पुरा गर्ने बाटोमा माओवादी केन्द्र रहेको बताए । उनले सहिदको सपनालाई कहिले पनि मर्न नदिने प्रतिबद्धता जनाए ।

You might also like
Leave A Reply

Your email address will not be published.