बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) का स्थायी समिती सदस्य गणेशमान पुनले माओवादी केन्द्रले शुरु गर्न लागेको विशेष अभियानले राजनीतिमा तरङ्ग ल्याइ सकेको बताएका छ्न ।
उनले अन्य पार्टीमा हलचल नै आएको रिपोर्टहरु प्राप्त भएको जानकारी दिए । शुक्रबार बुटवलमा प्रेसर सेन्टरको नेताहरुसंगको छलफलमा नेता पुनले १६ गते एकै पटक वडा तहमा सुरु गरीने अभियानले पार्टीलाई अझै सशक्त बनाउने बताए । नेपाली राजनीतिले नयाँ बाटो खोजेको बताउदै उनले अबको निकास नेपाली मौलिकता सहितको समाजवाद भएको उल्लेख गर । अभियानका रुपन्देही जिल्ला इन्चार्ज समेत रहेका नेता पुनले जनतासंगको सम्बन्ध स्थापित गर्न नै आत्मालोचन सहित अभियानमा होमिएको बताउदै उनले आधारभुत बर्गमा केन्द्रीत हुन निर्देशन दिए ।
उनले मिडियाको मोर्चालाई पार्टीको बिचार र मुद्धामा केन्द्रिय गर्नु पर्ने बताए । राजनीति नेपाली परिवेशको समाजवादको दिशामा अघि बढेको बताउदै उनले समाजबादको यात्रालाई सहयोग गर्ने खालका मुद्दा उठाउनु पर्नेमा जोड दिए । नेता पुनले रुपन्देही पत्रकारीतामा मोफसलको राजधानि भएकाले यहाँ उठाइने मुद्दाले रास्ट्रियरुप लिने बताए । प्रचार मोर्चालाई अझै सशक्त बनाउन पत्रकारहरु नै लाग्नु पर्ने उनले सुझाव दिए । स्थानीय स्तरमा पनी मिडिया सम्बन्धि अल्पकालीन र दीर्घकालीन निति बनाइ काम गर्न उनले पत्रकारलाई सुझाव दिए । उनले समाजसंग जोडीन कार्यकर्ताहरु समुदाय र सामाजिक कार्यमा जोडीन आवश्यक रहेकोे बताए ।
बिचार ,संगठन, उत्पादन प्रणाली र सत्तालाई संयोजन गरेमा पार्टीलाई नयाँ उचाईमा पुर्याउनु सकिने भएकाले सोही अनुसार कार्यक्रम बनाउनु पर्नेमा उनले जोड दिए । पार्टीका जिल्ला समन्वय समिती रुपन्देहीका संयोजक नारायण जिसीले पार्टीको अभियान प्रचारलाई प्रभावकारी र व्यवस्थित बनाउन सकृय रुपमा लाग्न आवश्यक रहेको बताए । ।