Nepali News Portal

माओवादी केन्द्रले गठन ग¥यो आइसिटी फोरम

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आइसिटी फोरम गठन गरेको छ । आइतबार पार्टी कार्यालय पेरिस डाँडामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिमोट थिचेर आइसिटी फोरमको विधान खोलेर उद्घाटन गरेका छन् । अहिलेको युग सूचना प्रविधिको युगको रूपमा स्थापित भएकाले संगठनको जरुरत परेको बताउदै उनले सकारात्मक काम मार्फत पार्टीलाई जनतामा स्थापित गर्न शुभकामना दिए।

विज्ञान र प्रविधिको महत्त्व बुझेर त्यसलाई महत्त्व दिएका राजनीतिक दल सफल हुदै गएको उनले बताए । उनले यो सङ्गठन ग्रास रुटसम्म बिस्तार हुने पनि बताए । ‘समाजवादको आधार तय गर्नको लागि जनतासम्म पुग्ने गरी यस सङ्गठनले पार्टीका नीति, विचार र कालाई प्रचार गर्नेछ । यसले पार्टीको प्रचार संयन्त्रको रूपमा काम गर्छ । आइसिटी फोरमले हल्ला कै भरमा सङ्गठन बनाउने ट्रेन तरिकालाई क्रस गर्दै विचार सिद्धान्त र नीतिलाई जनतामा स्थापित गर्नेछ’, प्रचण्डको भनाइ छ ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटा , जवसका इन्चार्ज पम्फा भुसाल , सूचना तथा सञ्चार मन्त्री रेखा शर्मा लगायतको उपस्थिति थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.