पाल्पा । प्रदेश सभा सचिवालयका कर्मचारीहरुको लागि प्रदेशसभा सचिवालयको काम कर्तव्य एवं जिम्मेवारी सम्वन्धमा गरिएको अभिमुखीकरण कार्यक्रम पाल्पामा सम्पन्न भएको छ । युएनडिपीको संसद सहयोग परियोजनाको आयोजना तथा लुम्विनी प्रदेश सभाको सहकार्यमाा पाल्पामा दुई दिन सम्म चलेको अभिमुखीकरण कार्यक्रम सनिवार सम्पन्न गरिएको हो ।
अभिमुखीकरणमा ज्ञान व्यवस्थापन विज्ञ उत्तमम उप्रेतीले प्रदेश सभा सचिवालयको प्रभावकारी सेवा प्रवाहको लागि स्वट विश्लेषण, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष वरिष्ठ पत्रकार तारानाथ दाहालले खुल्ला संसद तथा संसदीय बाह्य पहुंचमा प्रदेश सभा सचिवालयको भूमिका, प्रतिनिधी सभा सचिवालयका उप सचिव लक्ष्मण अर्यालले संसदीय प्रतिवेदन लेखन, संसदीय अध्ययन अनुसन्धान र सचिवालयको भूमिका विषयमा सहजीकरण गरेका थिए । त्यसै गरी लैङ्गिकता र मानवअधिकारको प्रभाव विश्लेषणको वारेमा पनि छलफल भएको थियो ।
शुक्रवार कार्यक्रमको उद्घाटन गर्दे लुम्विनी प्रदेशका सभामुख तुलारामम घर्ती मगरले प्रदेश सभाले तयार गरेको ऐन कानुनमा कर्मचारीको क्षमता दक्षता झल्कीने बताए । उनले जवाफदेही, पारदर्शी तथा इमान्दारपुर्वक कार्य सम्पादन गरेमा सेवालाई गुणस्तरीय बनाउन सकिने बताए ।
उपसभामुख मेनका खांड केसीले अभिमुखीकरणले कर्मचारीहरुको कार्य सम्पादनमा निखार ल्याउने विश्वास व्यक्त गरिन । उनले तालिम प्रशिक्षणले कर्मचारीहरुको क्षमता अभिवृद्धिमा टेवा पु¥याउने बताउदै कर्मचारीमा कर्तव्यनिष्ठता, इमान्दारीता र सेवाभाव देखाउदा सकेमा प्रदेश सभाको गरिमा वढ्ने बताईन ।
You might also like