Nepali News Portal

श्रृङ्गेश्वर धाममा सरसफाई , सामग्री प्रदान

बुटवल  । रुपन्देहीको तिलोत्तमा रहेको धार्मिक पर्यटकिय स्थल श्रृङ्गेश्वर धाम ब्यवस्थापन समितिलाई सरसफाईका सामग्री तथा कुर्ची सहयोग गरिएको छ । रोटरी क्लब अफ बुटवल डाउनटाउन र ईन्नरह्विल क्लब अफ बुटवल जितगढीले संयुक्त रुपमा धाम ब्यवस्थापन समितिलाई सरसफाईका सामानसहित २५ थान कुर्ची सामग्री हस्तान्तरण गरेको हो ।
एक कार्यक्रमका बिच सोमबार रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष कमला हमाल, ईन्नरह्विल क्लब अफ बुटवल जितगढीका अध्यक्ष दुर्गा आचार्य, निर्वतमान अध्यक्ष भरत राना, पुर्व अध्यक्ष जबिन कक्षपति, बिमल भट्टराई, सहसचिव प्रेमा केसीले धामका अध्यक्ष तथा क्लबका चार्टर सदस्य ऋषि भण्डारीलाई सामग्री हस्तान्तरण गरे ।
क्लबका अध्यक्ष हमालले विगतबाट नै विभिन्न विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आएको बताइन । उनले यसवर्ष धामको माग अनुसार कुर्सी दिईएको बताईन ।
कार्यक्रममा धामका अध्यक्ष भण्डारीले मानव कल्याणको लागि धर्म, संस्कृति र संस्कारको महत्व रहेको भन्दै नया पुस्तामा जागरण ल्याउनुपर्ने बताए । तिलोत्तमामा रहेको धामलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्ने लक्ष्यसहित पुर्वाधार निमार्ण भैरहेको बताए । जहा शिव मन्दिर, १ सय ९ शिवलिङ, विशाल त्रिशुल, हनुमान मन्दिर, जेष्ठ नागरिक उद्यान केन्द्र रहेका छन । साउन महिनामा जलापर्ण गर्ने भक्तजनहरुको भिड लाग्ने उनले बताए ।

 

You might also like
Leave A Reply

Your email address will not be published.