Nepali News Portal

बुद्धदर्शन भौतिकबादी दृष्टिकोणबाट निर्देशित छ :सभामुख

देउखुरी (दाङ) । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले नेपाललाई शान्ति क्षेत्र घोषणाको लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएका छ्न । साढे २५ सय बर्ष अघि बुद्धले अघि सारेको दर्शन अहिले पनि नेपालको सन्दर्भमा उत्तिकै महत्त्वपूर्ण रहेको बताउनु हुँदै बुद्धदर्शन भौतिकबादी दृष्टिकोणबाट निर्देशित रहेको बताए ।

दाङ बिपश्यना केन्द्र घोराही, लुम्बिनी बाङमय प्रतिस्ठान नेपाल, नागरिक समाज देउखुरीको आयोजनामा सनिवार देउखुरीमा आयोजना गरेको बिश्व शान्ति : बुद्ध र नेपाल विषयक बिचार गोष्ठीलाई सम्बोधन गर्नुहुदै सभामुख घर्तीमगरले बुद्ध जन्मेको बिश्व शान्तिको मुहान नेपाल नै शान्ति क्षेत्र घोषणा हुन नसक्नुको प्रश्न गम्भीर रहेको बताए । उनले बुद्धलाई भजाएर खाने प्रवृतीको अन्त्य गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा लुम्बिनी बिकास कोषका पुर्ब उपाध्यक्ष भिक्षु मैत्यले मुलुकमा शान्ति स्थापित गर्न लुम्बिनीको भुमिले प्रेरणा मिल्ने बताउनु भयो । उनले हाम्रो समाजअनुसारको मौलिक चिन्तन आवस्यक रहेको बताए । उनले नेपाली मौलिकताको समाजवादको बिकास गर्नु आवश्यक रहेको बताए । नेपालको बिकासको लागि साझा धारणा बनाउन भगवान बुद्धको प्रेरणा दिने उनले बताए ।

लुम्बिनी बिकास कोषका कोषाध्यक्ष शिद्धिचरण भट्टराईले तत्कालीन राजा महेन्द्र शाहले संयुक्त रास्ट्र संघमा नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न प्रस्ताव लगे पनि छिमेकी मुलुकको असहयोग गरेका कारण त्यो पारित हुन नसकेको बताउदै अहिले पनि त्यो सान्दर्भिकता कायमै रहेको बताए। उनले नेपाललाई शान्ति क्षेत्र घोषणा गरि असंलग्नताको नीति लिनु पर्ने बताए । डा . बालकृष्ण चापागाईंले प्रस्तुत गरेको कार्यपत्रमा टिप्पणी टिप्पणीकार प्रमोद धिताल र प्राज्ञ घननश्याम नेउपाने बुद्ध दर्शन नास्तिक दर्शन भएको बताए । उनिहरुले नेपाललाई शान्ति क्षेत्रघोषणा गर्न राजनितीक तहमा बिमर्श आवश्यक रहेकोे बताए।

बिचार गोष्ठीले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न जनदबाब सृजना गर्ने प्रस्ताव पारित गरेको छ । नागरिक अभियान्ता लक्ष्मी आचार्यको संयोजकत्वमा जनस्तरबाट सुझाव संकलन गर्ने उदेश्यले समिती गठन गरिएको छ । जसको सदस्यहरुमा ऋषि आजाद, बुनु लामिछाने , निम बहादुर थापा, डा. कृष्णराज बिसि रहेका छन । दाङ बिपश्यना केन्द्र घोराही तथा नागरिक समाजका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी बाङमय प्रतिस्ठान नेपालका अध्यक्ष ऋषि आजाद, राप्ती गाउँपालिका उपाध्यक्ष कमलापती चौधरी नागरिक समाज देउखुरीका अध्यक्ष निम बहादुर थापा लगायतले मन्तव्य व्यक्त गर्नु भयो ।

You might also like
Leave A Reply

Your email address will not be published.