बुटवल । इनरव्हील क्लब अफ बुटवल जितगढिको पद हस्तान्तरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । बर्ष २०२३-२४ को लागी निर्बाचित अध्यक्ष दुर्गा आचार्यको नयाँ कार्य समितीलाई बर्ष २०२२-२३का अध्यक्ष गिता शर्माले पद हस्तान्तरण गरेकी हुन ।
कार्यक्रममा प्रमुख अतिथि डिस्टि्क चियरमेन टुना थापाले क्लब शुभकामना मन्तव्य व्यक्त गर्दै क्लबले छोटाे समयमा उत्कृष्ट काम गरेको बताइन । उनले महिला सक्षम भए मात्र समाजले पनि आर्थिक आर्थिक प्रगति गर्ने बताउदै आर्थिक प्रगतिको लागि पनि महिला नेतृत्वमा जोड दिईन ।
बुटवल उप महानगर पालिकाका उप मेयर साबित्रा अर्यालले महिला शसक्तिकरणको लागि आर्थिक रुपमा सक्षम हुनु पर्ने बताईन । कार्यक्रममा क्लबका संस्थापक सल्लाहकार समाजसेबी राजेन्द्र ढकाल, संस्थापक अध्यक्ष उमा अर्याल, निवर्तमान अध्यक्ष गिता शर्मा, रोटरी क्लब अफ डाउन् टाउनका अध्यक्ष कमला हमाल, सल्लाहकार हेमा न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। सो अवसरमा क्लव डाइरेक्ट्री बिमोचन समेत गरिएको थियो ।