Nepali News Portal

भ्रष्टाचारमा संलग्न कसैलाई पनि उम्कन दिनु हुदैन : पौडेल

बुटवल । नेपाली कांग्रेसका कांग्रेस केन्द्रिय सदस्य युवा नेता प्रदीप पौडेलले भ्रष्टाचारमा संलग्न कसैलाई पनि उम्कन दिन नहुने बताएका छन । उनले भ्रष्टाचार निवारणको लागि कांग्रेसले सहयोगी भूमिका खेलेको पनि बताए ।

नेपाल प्रेस युनियन रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देशमा भएका सबैप्रकारका काण्डदेखि पछिल्लोपटकको सुन काण्डको समेत शुक्ष्म अनुसन्धान नभए कांग्रेसले सरकारका मन्त्रीहरुको राजीनामा माग्ने बताएका छन् ।
उनले कुनै तल्लो तहको मजदुर वा कर्मचारीलाई दोष दिएर कोही पनि उम्कन नपाउने बताए ।

‘तल्लो तहको मजदुर र कर्मचारीलाई देखाएर दोषी नउम्काइयोस्,‘ उनले भने, ‘नत्र हाम्रा अर्थमन्त्रीको पनि राजीनामा माग्छौं ,गृहमन्त्रीले पनि राजीनामा दिनुपर्छ ।’

नेता पौडेलले सुन काण्डमा एमालेले उठाएको प्रश्न जायज भएको बताउँदै सदन नै अवरोध गर्ने कार्य भने निन्दनीय भएको बताए ।
संघीयताविरोधीहरु मैलाउन लागेको भन्दै उनले प्रदेशहरुलाई आत्मनिर्भर वनाउने तर्फ ध्यान दिन जरुरी रहेको बताए ।
राजनीतिक नेतृत्व मन्त्रिपरिषद् र सांसद संख्या घटाउन राजीभए अनावश्यक बोझिलो कर्मचारीतन्त्र घटाउनसमेत सकिने उनले बताए । नेता पौडेलले कांग्रेसले छवि सुधारेर राजनीति गर्नुपर्ने बेला आएको बताएका छन ।

You might also like
Leave A Reply

Your email address will not be published.