Nepali News Portal

स्वास्थ्य सम्वन्धी विधेयक पारित, निजामति विधेयक समितिमा

बुटवल । लुम्बिनी प्रदेश सभाले स्वास्थ्य संस्था स्थापना, संचालन, नविकरण तथा स्तरोन्नती ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।
सामाजिक विकास समितिमा दफावार छलफल पछि आज वसेको बैठकमा सामाजिक विकास समितिका जेष्ठ सदस्य धन बहादुर केसीले प्रतिवेदन सहित सभामा पेश गरेका थिए । सभामा स्वास्थ्यमन्त्री राजु खनाल उक्त विधेयक पारित गरियोस भनी पेश गरेपछि सभामुख तुलाराम घर्ती मगरले निर्णयार्थ प्रस्तुत गरेका थिए ।
त्यसैगरी आजै प्रदेश निवामति सेवाको गठन, संचालन र सेवाका सर्त सम्वन्धमा व्यवस्थापन गर्न बनेको विधेयक दफावार छलफलको लागि प्रदेश मामिला तथा कानुन समितिमा पेश भएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.