काठमाडौँ । काठमाडौँको चन्द्रागिरीमा संघीय संसदका सभामुख उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष तथा सातवटै प्रदेशका सभामुख, उपसभामुख भेला जारी छ । । शुक्रबारदेखि सुरु भएको संघीय संसद र प्रदेशसभाको अनुभव आदान प्रदान एवम् अन्तरक्रिया कार्यक्रम शनिबार दोस्रो दिन पनि जारी रहेको हो ।
शनिबार सबै प्रदेशका सभामुख, उपसभामुख र प्रदेशसभा सचिवले आफ्नो अनुभवसहित धारणा राखिरहेका छन् । सभामुख देवराज घिमिरेले दुवै तहका सभाबीच भएको कार्यक्रमले सभा सञ्चालनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्
सभामुख घिमिरेले कानुनको अडिट गर्ने फोरमको आवश्यकतामा जोड दिएका छन् । उनले नेपालमा संसदीय अध्ययन अनुसन्धानको अभ्यास कम भएको बताउँदै आगामी दिनमा सुधार गर्दै लैजानुपर्ने बताएका छन् ।
यस्तै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कतिपय प्रदेशले छोटो समयमा नै विधि निर्माणमा अनुकरणीय काम गरेको बताउँदै त्यस्ता कार्यहरु संघका लागि पनि फलदायी हुने विश्वास व्यक्त गरेका छन् ।