Nepali News Portal

राममणिमा साहित्यिक कार्यक्रम सप्पन्न

बुटवल ।  रूपन्देहीको मणिग्रामस्थित  राममणि बहुमुखी क्याम्पसमा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । भाषा तथा साहित्य विभाग राममणि बहुमुखी क्याम्पसको संयोजनमा कार्यक्रम भएको थियो ।
विभागका संयोजक सह–प्राध्यापक गोपाल पन्थीको सभापतित्वमाभएको कार्यक्रममा बहुभाषी साहित्यकार एवम् ज्योतिषाचार्य प्रीति आत्रेय र विद्यार्थीहरूलेवहाँका रचना वाचन गरेका थिए ।
कार्यक्रममाथि प्रकाश पार्दै प्राध्यापक डाक्टर बाबुराम ज्ञवालीले कार्यक्रममाथि प्रकाश पार्दै शैक्षिक उन्नयनका लागि यस्ता कार्यक्रमफलदायी हुने बताउनुभयो ।
विभागका सदस्य कविता पन्थीको सञ्चालन रउपप्राध्यापक माया घिमिरेको स्वागतमा भएको कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले साहित्यबाट सबै क्षेत्र प्रभावित हुने बताए।
सो अवसरमा विद्यार्थीहरू पवित्रा चौधरी, वीरताढुङ्गाना र यशोदा भुसालले साहित्यकार आत्रेयका ‘चुटुक्क’ मुक्तक संग्रहका रचनाहरू वाचनगरेका थिए ।
साहित्यकार आत्रेयका ‘अनुभूतिको इन्द्रेणी’र ‘चुटुक्क’ पुस्तकाकार कृति साथै गीतहरू सार्वजनिक भइसकेका छन्।
You might also like
Leave A Reply

Your email address will not be published.