Nepali News Portal

पुर्ब प्रधानमन्त्री प्रचण्ड र माधव नेपाल बुटवलमा

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक, पुर्ब प्रधानमन्त्री  पुष्प कमल दाहाल (प्रचण्ड) र सह-संयोजक पुर्ब प्रधानमन्त्री माधव कुमार नेपाल आज बुटवल आउँदै हुनुहुन्छ ।
नेपाली कम्युनिष्ट पार्टी लुम्बिनी प्रदेश समितिको बैठक तथा प्रशिक्षणको लागि उहाँहरु बुटवल आउन लाग्नु भएको पार्टीका लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल ( बलदेब)ले जानकारी दिनु भयो ।
आज सनिश्चवार बिहान ११ बजे नमस्ते पार्टी प्यालेस, नयाँगाउँ, रुपन्देहीमा हुन लागेको प्रशिक्षणमा उहाँहरु दिनभर समय दिनुहुनेछ। पार्टी एकता पछी बुटवलमा पहिलो पटक प्रदेश स्तरको प्रशिक्षण आयोजना गरिएको हो । यसले प्रदेश स्तरका नेताहरुमा बुझाईमा एकरुपता र कार्य सम्पादनमा प्रभावकारिता देखिने अपेक्षा गरिएको छ ।
‎पार्टीको जिम्मेवार बाडफाडको क्रममा देखिएको असन्तुष्टिहरुको निबारण समेत गर्ने हेतु  यो बैठक र प्रशिक्षण कोशेढुङ्गा साबित हुने बिश्वास लिईएको छ। पार्टीले केही दिन अघि प्रदेश, जिल्ला समितिहरुको इन्चार्ज, सह- इन्चार्ज  संयोजक, सह- संयोजकको जिम्मेवारी बाडफाड गरिएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.