Nepali News Portal

कानुन निर्माणमा तिनै तहसंग सहकार्य गर्न जरुरी : सभामुख

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले स्थानीय तहको कार्य सम्पादनलाई प्रभावकारी बनाउन कानुन निर्माणमा सहकार्य जरुरी रहेको बताउनु भएको छ ।

‎नेपालको संविधानले नै तीन तहको बिधायीकाको सह-अस्थित्व सहित सहकार्यमा जोड दिएको बताउनु हुँदै उहाँले लुम्बिनी प्रदेश सभाले स्थानीय तहमा आवश्यक पर्ने कानुन निर्माणमा सहकार्य गर्ने बताउनु भयो ।

लुम्बिनी प्रदेश सभा सचिवालयले शुक्रबार बुटवल उप-महानगरपालिकामा आयोजना गरिएको प्रदेश सभासंग स्थानीय सभाको कानुन निर्माण सम्बन्धि सहकार्य  कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै  सभामुख घर्ती घर्ती मगरले भन्नुभयो – “प्रदेशमा कति कानुन बन्यो ,कार्यान्वयनको अवस्था के छ भन्ने कुरा स्थानीय तह र प्रतिनिधि सभालाई जानकारी हुनु पर्छ । स्थानीय तहले बनाएको कानुन प्रदेश सभालाई जानकारी हुनुपर्छ ।”

‎उहाँले संविधानमा संघ, प्रदेश र स्थानीय तह बीच सहकार्यको सिद्धान्त अवलम्बन गरिएकाले कानुन निर्माणमा पनि सहकार्य हुन आवश्यक रहेको बताउनु भयो ।

‎लुम्बिनी प्रदेशका पुर्ब मन्त्री एवं प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ संघीयतालाई बलियो बनाउन प्रदेश र स्थानीय तहबिच सहकार्य जरुरी रहेको बताउनु भयो ।

‎बुटवल उपमहानगरपालीका प्रमुख खेल राज पाण्डेले संघ र प्रदेशले कतिपय कानुन निर्माणमा ढिलाई गर्दा स्थानीय तहलाई काम गर्न असजिलो भएको बताउदै सार्बजनिक खरिद ऎन संसोधन नहुदा काम गर्न असजिलो भएको बताउनु भयो । उहाँले छाडाचौपाया ब्यवस्थापनको लागि कानुन अभाव रहेको बताउदै प्रदेश सभालाई कानुन बनाउन आग्रह गर्नु भयो । बुटवल नगर सभाले पुरै प्रक्रिया पूरा गरेर कानुन निर्माण गरेको जानकारी गराउनुहुदै कार्यविधिमा सिमित नरही कानुन निर्माण गरि कार्य सम्पादन गरिएको बताउनु भयो ।

उपप्रमुख साबित्रा देबि अर्यालले ढिलो भए जनप्रतिनिधिले कानुन निर्माण प्रक्रियाको बारेमा जानकारी पाउनु सकारात्मक भएको बताउनु भयो ।  प्रदेश सभा सचिब दुर्लभ पुन मगर, उपसचिव लोकमणि आचार्यले कानुन निर्माण प्रक्रियाको बारेमा सहजीकरण गर्नु भएको कार्यक्रममा बुटवल उपमहानगर पालिकाका पालिका सभाका सदस्यहरुको सहभागीता रहेको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.